१५ भाद्र, नेपालगन्ज
नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र मार्फत वितरीत बिद्युतमा भईरहेको अनियमितता बिरुद्ध बाँके सितापुरका कृषकहरु ज्ञापन पत्र सहित आज बिद्युत कार्यालय नेपालगन्जमा पुगेका छन् । लामो समयदेखि पानि नपर्दा परेको खडेरी र बिद्युत अनियमिताका कारण कृषकहरुले लगाएको धान बाली ५० प्रतिशत नष्ट भएको भन्दै बाकि बचेको धान बालि जोगाउन बिद्युत नियमित गर्न अनुरोध गर्दै कृषकहरु नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र पुगेका हुन ।bidhyout gyapan झण्डै ५०÷६० जना कृषकहरु सितापुर गाविस वडा नं. ५ वडा नागरिक मन्चका संयोजक गंगा थापाको अगुवाईमा आफ्ना गुनासा राख्न बिद्युत पुगेका थिए । बिद्युत कार्यालय पुगेका उनीहरुले बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र प्रमुख उमेस कुमार झा समक्ष आफ्ना गुनासा तथा समस्याहरु पोखेका थिए ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा वडा नागरिक मंच मार्फत गरिएको निर्णको आधारमा तयार पारिएको ज्ञापन पत्र वडा नं. ५ का कृषक राज किशोर महतरा क्षेत्रीले पढेर सुनाएका थिए । हस्तान्तरणमा सहजिकरण गर्दै बासका कार्यक्रम अधिकृत हेमराज भट्टले कृषकहरुको समस्यालाई ध्यानमा राख्न प्रमुख झा लाई अनुरोध गरेका थिए । उनले बिद्युत प्राधिकरणले प्रभावकारी संचारमा ध्यान दिन पर्नेमा जोड दिएकाथिए । त्यसको प्रति उत्तरमा प्रमुख झाले भारत र नेपालको लाईनमा एकै पटक खराबी हुदा समस्या सिर्जना भएको भन्दै हिजो साझ देखि केही सुधार भएको बताए ।