प्युठान, १५ भदौ ।
प्युठानमा एक जनाले श्रीमतीको हत्या गरेका छन । तोरवाङ–३ मर्कावाङका ३७ वर्षिय भुपाल नगरकोटीले ३४ वर्षिया श्रीमती गोमा नगरकोटीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।hatya

श्रीमतीको हत्या गर्ने नगरकोटीलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्यूठानका प्रहरी प्रमुख प्रहरी रंजितसिँह राठौँरले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धान अनुसार नगरकोटीले मानसिक सन्तुलन गुमाएका कारण श्रीमतीको हत्या गरेको हुनसक्ने राठौँरले वताउनुभयो । मृतक नगरकोटीका तीन छोरी र एक छोरा छन् ।।