प्रकाश वली
दाङ, १४ भदौ ।
अखिल क्रान्तिकारी दाङले समान शैक्षिक अधिकारका लागी एकीकृत राष्ट्रिय अभियान जिल्लामा सक्रिय रुपमा सन्चालन गरिरहेको छ । अभियान अन्तर्गत आज पनि विभिन्न विद्यालयमा कमिटी निर्माण गरेको छ ।student

यसैक्रममा शिबशक्ति मावि धनौरी ३ मा बिनिता बुढाथोकी अध्यक्षतामा १ सय ५६ सदस्यीय मुल इकाई कमिटी गठन गरिएको अभियान टोलीका प्रवक्ता तथा सो संगठनका दाङ जिल्ला सदस्य प्रकाश वलीले जानकारी दिनुभएको छ ।

यसैगरी माद्यामिक बिद्यालय तुलसीपुर, धनौरी ४ स्थित विद्यालयमा मावि तर्फ आयुश भन्डारीको अध्यक्षतामा ९९ सदस्यीय मुल इकाइ कमिटि गठन गरिएको उहाँले वताउनुभयो । अभियान प्रभावकारी वन्दै गएको अभियान टोलीका संयोजक एवं जिल्ला सचिव मदन केसीले जानकारी दिनुभयो ।।