पाल्पा, भाद्र १२
नेपाल मगर संघ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक पाल्पाको तानसेनमा सम्पन्न भएको छ । शुक्रबार र शनिबार गरी दुई दिन सम्म चलेको बैठकमा केन्द्रिय सदस्य एबं पदाधिकारीहरुले आफ्ना जिल्ला एबं क्षेत्रका बारेमा रिपोर्टिङ्ग गरेका थिए । बैठकमा ११ औं महाधिबेशन बाट निर्वा्चित पदाधिकारी, केन्द्रिय सदस्यहरुलाई निर्वतमान अध्यक्ष महेन्द्र थापाले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
संघका केन्द्रिय अध्यक्ष नविन रोकाको अध्यक्षतामा भएको बैठकले चितवनका जीवन थापा मगर र जोया बिचको घटनाको सम्वन्धमा छानविन गर्न संघका विदेश सचिव रक्षा रईकाको संयोजकत्वमा समिति गठन गरेको छ ।
समितिमा केन्द्रिय कोषाध्यक्ष कमला थापा, केन्द्रिय सदस्य चन्द्र बहादुर राना, नेपाल मगर संघ चितवन जिल्ला अध्यक्ष सुरवीर थापा, अधिवक्ता सन्तोष राना, इन्दिरा श्रीस र पत्रकार महेश राना गरी ७ सदस्सिय समिति गठन भएको छ । बैठकले समितिलाई १५ दिन भित्र प्रतिवेदन तयार गर्न समय दिएको छ । छानविनको आधारमा कारवाही अगाडि बढाउने निर्णय भएको महासचिब ज्ञानेन्द्र पुनले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष नविन रोकाले संगठन भित्र राजनिति मान्य नहुने भन्दै पहिचान र अधिकार प्राप्तीका लागी ईमान्दार भएर अघि बढ्न आग्रह गर्नुभएको छ । समितिको बैठकमा बरिष्ठ उपाध्यक्ष गुरु प्रसाद घर्तिले संघको आचार संहिता र महिला उपाध्यक्ष गंगा खासुले केन्द्रिय समितिको विगतमा भएका र भविष्यमा हुने ४ वर्षे कार्यक्रम बारे जानकारी गराउनु भएको थियो । मगर गाउँ जाउँ, सबै मगरलाई विउझाउ भन्ने नारा सहित बैठक सम्पन्न भएको हो ।।










