दाङ, १३ भदौ । 
सतवरीया गाविस स्तरीय युवा सन्जालले आज देउखुरीको सतवरीया ४ मा वालविवाह न्युकिरणका लागी तीज विशेष कार्यक्रम गरेको छ । कोपीला साहित्य मञ्च, विपन्न उद्यमी महिला सहकारी संस्थाको सहआयोजना तथा विभिन्न क्लवहरुको सहयोगमा कार्यक्रम गरिएको प्रिया स्मृति गजमेरले जानकारी दिनुभएको छ ।teej

सन्जालका अध्यक्ष बलवहादुर जिएमको अध्यक्षता तथा गायक तथा संगीतकार यादव योगीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वालविवाह न्युकिरणका लागी तीज गीत प्रतियोगीता आयोजना गरिएको थियो । विभिन्न समुह ८ वटा समुहहरुले वाल विहाव न्युनिकरणको विषय समेटिएको गीत प्रस्ुतत गरेका थिए ।

जस्मा कोपीला साहित्य सांस्कृतिक मञ्च प्रथम, सृजनशिल युवा क्लव द्धृतिय र गुप्ती साहुदायिक वन सतवरीया ९ तृतीय भएका छन । सञ्जालका सदस्य सुनिता चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको थियो । प्रतियोगीताको निर्णायकहरुमा गायक यदव योगी, विष्णु वस्नेत र पुनम गिरी रहनुभएको थियो ।।