सर्लाही, १३ भदौ ।
सर्लाहीको बरहथवाबाट प्रहरीले लुकाएर राखेको एक ट्रक मल प्रहरीले बरामद गरेको छ । साल्ट ट्रेडिङ कम्पनीको क्षेत्रीय कार्यालय वीरगञ्जले ४ दिन अघि मलंगवा शाखाका लागि पठाएको एक ट्रक मल सर्लाहीको बरहथवाबाट बरामद गरेको प्रहरीले जनाएको हो ।
बरहथवामा रहेको रामबाबु प्रसादको घरबाट मल बरमद भएपछि ट्रक चालक र रामबाबुलाई पक्राउ गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो । साल्ट ट्रेडिङको मलंगवा डिपोका प्रमुखले भने मल आफ्नो डिपोको नाममा चलानी काटेको बारेमा कुनै जानकारी नभएको बताएका छन् ।
क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख अमोज लामिछानेले मलंगवाका लागि चलान भएको ट्रक कसले र किन बरहथवा र्पुयायो भन्ने विषयमा छानबिन भइरहेको बताउनुभयो । उहाँका अनुसार ट्रकमा ५ लाख रुपैयाँ बराबरको मल लोड भएको थियो ।।