रेडियो पाठशाला पुनः प्रशारणमा आएको छ । चट्याङले गर्दा बिगत एक महिना बन्द रहेको रेडियोको प्रबिधिमा सुधार आएसंगै शनिबार देखी पुनः प्रशारणमा आएको रेडियोका स्टेशन मेनेजर बामदेव देवकोटाले जानकारी दिए । रेडियो पाठशाला १०४ मेघाहर्ज मार्फत तुलसीपुर टिक्रापातु  ४ सल्यान रोडबाट प्रशारणमा आईरहेको छ ।

14100433_845700288894503_2371516297556306831_nशैक्षिक जागरणमा समर्पित रहेको रेडियोले शैक्षिक मुद्धाहरुलाई जोडतोडका साथ उठान गर्दै आएको छ । साउन २१ गते परेको चट्याङले रेडियोका सम्पुर्ण सामाग्रीमा क्षति पु¥याएपछि रेडियो नियमित प्रशारणमा आउन सकेको थिएन् ।  चट्याङले क्षति पु¥याएको ट्रान्समिटर , युपिएस , मिक्सर, कम्प्युटर ,  बिद्युतलगायतका सामाग्री रेडियोले आफ्नै लगानिमा मर्मत गरेको छ ।

अब रेडियोलाई नयाँ ब्यबस्थापनका साथ थप सशक्त बनाएर लैजाने स्टेशन मेनेजर देवकोटाले प्रतिबद्धता जनाएका छन् । रेडियोले दबाईएका, छुकिछिपी रहेका  तथा आवाज बिहिनका आवाजलाई थप सशक्त बनाउदै लैजाने मेनेजर देबकोटाले बताए । रेडियोले आईतबार देखी प्रत्यक घण्टामा समाचार प्रशारण गर्नुका साथै नियमित कार्यक्रम प्रशारण गर्ने मेनेजर देवकोटाले जानकारी दिए ।