झापा, ११ भदौ ।
झापामा एक महिलाले आफ्नो श्रीमान सँगसँगै हिँडेको भन्दै एक महिलाको हत्या गरेकी छन । छुरा प्रहारबाट झापाको तोपगाछीस्थित केर्खामा आज बिहान तोपगाछी– ७ केर्खा बस्ने सुनिता राईको मृत्यु भएको छ ।
आफ्नो श्रीमान् सँगसँगै हिँडेको भन्दै श्रीमान् धनबहादुर लिम्बूसहित ती युवतीमाथि २४ वर्षीया रीता लिम्बूले गए राति अन्धाधुन्ध छुरा प्रहार गरेकी थिइन् ।
छुरा प्रहारबाट गम्भीर घाइते राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।।











