दाङ ११ भदौ । फूलवारीमा विपत्त व्यवस्थापन अभिमुखीकरण तालिम शुरु भएको छ । विपत्त आएमा त्यो वाट वच्नको लागि अपनाउने सचेतनाका बारेमा जानकारी दिन कार्यक्रम गरेको गाविसले जनाएको छ । वडा नागरिक मञ्च, विपत्त व्यवस्थापन समिति गरेर ३० जनाको सहभागिता भएको गाविसका सामाजिक परिचालक गोविन्द सुवेदीले जनाएका छन् ।
विपत्त व्यवस्थापन समितिका अध्यक्ष तथा गाविस सचिव स्थानेश्वर न्यौपानेको अध्यक्षता एवम रेडक्रस सोसाइटी उपशाख उरहरीका सभापति हरिहर पौडेलको प्रमुख आतिथ्यमा भएको थियो । उदघाटन कार्यक्रममा नेपाली काँग्रेसका चुर्णबहादुर रिजाल, नेकपा एमालेका मदन डिसी, नेकपा माओावादी केन्द्रका नोखिराम वली, राप्रपा नेपालका मेघलाल खत्री, क्रान्तिकारी माओवादीका देवबहादुर विकले मनतव्य राखेका थिए ।
गाविसका मुखिया मधु खड्काको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रमको सहजिकरण सामाजिक परिचालक सुवेदीले गरेका थिए । दुइदिनसम्म चल्ने कार्यक्रमको प्रशिक्षकमा केशवकुमार शर्मा र विश्राम अधिकारी छन् ।
