दाङ, ११ भदौ ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर ३ को क्षेत्रीय समिति बैठक सम्पन्न भएको छ । क्षेत्रीय सभापति भुपवहादुर डाँगीको अध्यक्षतामा सम्पन्न बैठकले सिँचाई मन्त्री बन्नु भएका नेता दीपक गिरीलाई बधाई दिएको छ । कांग्रेस क्षेत्र नम्बर ५ का सांसद तथा मन्त्री गिरीको सफल कार्यकालको लागि वैठकले शुभकामना समेत दिएको छ ।
सिचाई क्षेत्रमा मन्त्री गिरीबाट दाङले ठूलो अपेक्षा गरेको भन्दै कांग्रेस क्षेत्रीय समितिले जिल्लाको खेतीयोग्य जमिनलाई उर्बर बनाउन सुझाव समेत दिएको छ । यस्तै नेपाल विद्यार्थी संघको ११ औँ महाविधेशनमा उपाध्यक्ष सहित केन्द्रीय समितिमा निर्वा्चित ४ केन्द्रीय सदस्यहरुलाई पनि बधाई दिने निर्णय गरेको क्षेत्रीय सचिव बद्री खड्काले जानकारी दिनु भएको छ ।
यसैगरि नेपाली कांग्रेस दाङकी कोषाध्यक्ष सावित्रा रानाकी सामुआमा ईन्दीरा रानाको निधन प्रति वैठकले दुख व्यक्त गरेको छ । यस्तै त्रिपुर नगर समिति सदस्य राजु रावतका भाई कुमार रावत र त्रिपुर ८ निवासी शालिकराम पोख्रेलको निधन प्रति पनि वैठकले दुख व्यक्त गरेको छ ।।










