क्लीन तुलसीपुर, ग्रिन तुलसीपुर सरसफाई अभियान अव प्रत्येक हप्ताको मंगलवार विहान हुने भएको छ । लामो समय सम्म अभियान कै रुपमा संचालन हुन लागेको सरसफाई एवं चेतना मुलक कार्यक्रम विभिन्न सरोकारवालाहरु संगको समन्वय र सहकार्यमा शुरु भएको हो । प्रत्येक मंगलवार तुलसीपुरको विरेन्द्र चौकवाट आ–आफ्नो जिम्मेवारी अनुसार विभिन्न स्थानहरुमा सरसफाई गरिने वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए साथै रिजालले यो अभियान सबै नगरवासीको अभियान भएको भन्दै सबैसंग सहयोगको अपेक्षा पनि गरेको उनले वताए ।
“ तुलसीपुरलाई सफा र स्वच्छ राख्नु हामी सबैको दायित्व हो यो अभियानले नगरको सौन्दर्यता वढाउनुका साथै नगरवासीको स्वास्थ्य र प्रतिष्ठा संग जोडिएको सरसफाई अभियान लाई सफल वनाउन आम नगरवासीमा अध्यक्ष रिजालले अपिल पनि गरेका छन”।
पूर्व मुख्य सचिव एवं बागमती सरसफाई अभियानका अभियान्ता लिलामणि पौडेले नगरवासीलाई सामुहिक रुपमा सफत खुवाएर अभियानको भाद्र ७ गते देखि सुरुवात गरेकाथिए । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालीकाको मुख्य आयोजना एवं दर्जनौं सामाजिक संघ संस्था एवं टोल विकास संस्थाहरुको सहकार्यमा क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान शुरु भएको हो ।
