विनोद डाँगी ।
भदौ, ९ रोल्पा ।
रोल्पाको सिर्प ५ सिमगिठामा बहुला कुकुरको आतंक फैलिएपछि स्थानियहरु त्रसित बनेका छन । कुकुरले हिजो मात्र ६ जनालाई टोकेको छ ।bite kukur कुकुरले टोकेका ६ जनाको सिर्प ३ निरहीमा रहेको प्रतिभा क्लिनिकमा उपचार भैरहेको छ । कुकुरलाई नियन्त्रणमा लिने प्रयास भएपनि अझै स्थानियहरु सफल भएका छैनन । कुकुर अझै समाउन नसक्दा स्थानियहरु त्रसित बनेको त्यहाँबाट दिलमाया घर्तिमगरले जानकारि दिनुभएको छ ।