काठमाण्डौ, ९ भदौ ।
प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । नियमित स्वास्थ्य परिक्षण गराउनु पर्ने भएपनि गएको असोजमा प्रधानमन्त्री भएपछि ओली स्वास्थ्य परिक्षणका लागि जानुभएको थिएन ।
मृर्गौला प्रत्यारोपण गर्नुभएका ओलीको हातमा फङ्गस संक्रमण थियो । ओलीले बैंककको बुमरुङगार्य अन्तर्रा्ष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण गराउनु हुनेछ । अहिले स्वास्थ्यमा समस्या नभए पनि चिकित्सकको सल्लाहअनुसार नियमित परिक्षणका लागि बैंकक प्रस्थान गर्नुभएको ओलीको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा ओलीको औपचारिक राजनीतिक भेटावर्ताको कार्यतालिका नभएको उहाँका सहयोगी प्रमोद दाहालले जानकारी दिनुभयो । उहाँ भदौ २० गते स्वदेश फर्कनुहुनेछ ।।
