काठमाण्डौ, ८ भदौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी तेप्लिजले भेटवार्ता गरेका छन् । अमेरिकी राजदूत तेप्लिजले बुधबार सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा पुगेर ओलीसँग भेटवार्ता गरेका हुन्।Kp-Oli-4-768x363

करिब आधा घण्टा लामो भेटवार्ता  सरकार परिवर्तन र संविधान कार्यान्वयनका विषयमा केन्द्रीत रहेको एमालेले जनाएको छ। अमेरिकी राजदूत तेप्लजले संविधानले परिकल्पना गरेको तीन तहको निर्वाचन गर्न डेढ वर्ष मात्रै रहेको अवस्थामा एमालेको भूमिका कस्तो हुन्छ? भनेर जिज्ञासा राखेका थिए।
जवाफमा एमाले अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्वमा रहेको बेला नै संविधान कार्यान्वयनको कार्ययोजना सार्वजनिक गरेको स्मरण गराउँदै अहिलेको अवस्थामा संविधान कार्यान्वयन एमालेको पहिलो प्राथमिकता भएको बताए।।