सन्तोषकुमार गुप्ता
देउखुरी ८ भदौ ।
देउखुरी राप्ती पारिवसीले स्थानिय तहको पुर्नसंरचना गर्दा देउखुरीको राप्तीपारिका ६ गाविसलाई नटुक्राएरै एउटै गाउँपालिका बनाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङ तथा स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिलाइ ज्ञापन—पत्र बुझाएका छन । गत शुक्रबार गढवा उद्योग बाणिज्य संघ गढवाको आयोजनामा गढवामा भएको राप्तीपारिका ६ गाविस बीच स्थानिय तहको पुर्नसंरचना बिषयक अन्र्तरक्रिया कार्यक्रममा भएको निर्णय बमोजिम देउखुरी क्षेत्रको पुर्नसंरचना गर्दा राप्तीपारिका ६ गाविसलाई कुनै पनि हालत नटुक्राई एउटै गाउँपालिका बनाउन माग गरेका छन् ।
राप्तीपारिका बीरबहादुर आले, सखुनन्दन चौधरी, बिष्णुमाया घिमिरे, तिलक घिमिरे, नरेन्द्र यादव र लिला यादव सहितकोे संयुक्त टोलीले उक्त ज्ञापन—पत्र जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले र स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति दाङलाई बुझाएको छ ।
राप्तीपारिका गोबरडिहा, गंगापरस्पुर, गढवा, बेला, राजपुर र कोईलाबास गाविसलाई मिलाएर गढवा केन्द्र हुने गरी गाउँपालिकाको सिमाङ्कन गर्नु पर्ने माग गरेका छन् । साथै यस अघि स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समिती दाङले जिल्लाको स्थानिय तहको पुर्नसंरचनाको प्रस्तावित खाका प्रति कडा आपत्ति समेत प्रकट गरेको छ ।।
