तुलसीपुर, ८ भदौ
राप्ती लोक मार्ग अन्तरगत दाङ सल्यान सडक खण्डको तुलसीपुर नगरपालीका सात्तालेमा खसेको पहिरो अझैं हटाउन सकिएको छैन । पहिरे हटाउन नसक्दा यात्रुहरुको विचल्ली भएको छ । हिजो बिहान करिब ८ बजेतिर खसेको सुख्खा पहिरो हटाउन नसकेपछि सवारी आवागमन रोकिनुका साथै यात्रुहरु गाडि मै अलपत्र परेका छन् ।pahiro-660x330-1

निकै ठूलो पहिरो खसेका कारण एउटा लोडरले हटाउन नसकिएपछि आज फेरी काम सुरु गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । आज पनि पहिरो पन्छाउने काम जारी रहेको कारण करिब २ सय गाडिहरु सो सडक खण्डमा रोकिएका छन् ।

हिजो विहान देखी रोकिएका गाडिका यात्रुहरुको बिचल्ली भएको छ भने सडक अबरुद्ध हुदा बिरामीहरुलाई निकै सास्ती भएको छ ।।