दाङ, ८ भदौ
दाङ लक्ष्मिपुर ६ वर्गदुवा निबासि ७० बर्षिय बेसाहारा दृष्टिविहिन नानिसरा नेपालीलाई युवाहरुले सहयोग गरेका छन । स्थानिय वमपाल नेपालीको घरमा बस्दै आउनुभएकी बेसहारा नेपालीलाई घोराहीका ३ जना युवाहरुले खाद्यान्न सहयोग गर्नुभएको हो ।11

घोराहीका बिपिन पाण्डे, समिर शर्मा र शिखर घिमिरेले राहत सहयोग गर्नुभएको हो । दाल, चामल तेल, सलाई लगाएतका सामग्रि बितरण गरिएको सहयोगीदाता समीर शर्माले जानकारी दिनुभयो । अशक्त र साहाराविहिनहरुलइ सहयोग गर्नु हरेक युवाको कतव्र्य रहेको उहाँको भनाइ छ ।।