घोराही । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा नेपाल महिला संघ दाङले तीज विशेष कार्यक्रम गर्ने भएको छ । संघको आइतवार घोरहीमा बसेको बैठकले यही भदौ १३ गते कांग्रेस पार्टी कार्यालय घोराहीमा तीज विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।
संघका जिल्ला अध्यक्ष गोमा रावतको अध्यक्षतामा बसेको बैठकले कार्यक्रममा उपस्थितिकालागी कांग्रेसका नेता कार्यकर्ता, महिला संघमा आवद्ध महिलाहरु एवं भातृ संगठन तथा सुवेच्छुक सबैमा अनुरोध गरेको छ ।
साथैे बैठकले नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष सावित्रा रानाकीे ममतामयी आमा ईन्दिरा रानाको ७५ वर्षमा भएको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली एवं परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।