दाङ, ५ भदौ ।
दाङमा ट्याक्टरबाट खसेर एक युवक घाइते हुनुभएको छ । देउखुरीको गढवा ९ चन्दनपुरबाट गढवा तर्फ आउदै गरेको लु ३ त ८२६२ नंवरको ट्याक्टरबाट खस्दा बेला १ मटेरिया बस्ने ३५ वर्षका लक्ष्मण चौधरी घाइते हुनुभएको हो ।
ट्याक्टरबाट खस्दा चौधरीको कम्मरको भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले वताएको छ । घाइते चौधरीलाई उपचारको लागि कोहलपुर रिफर गरिएको छ भने ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।
