काठमाण्डौ, ५ भदौ । आज पाठ्यक्रम दिवस मनाँइदैछ । स्वाधीन र सबल राष्ट्र निर्माणको आधार जीवनउपयोगी शिक्षा पाठ्यक्रमको सार भन्ने नाराका साथ पहिलो पटक यो दिवस मनाउन लागिएको हो । पाठ्यक्रम विकास केन्द्रको स्थापना भएको दिनको अवसर पारेर पहिलो पटक दिवस मनाउन लागिएको केन्द्रका उपनिर्देशक गेहनाथ गौतमले जानकारी दिनुभयो ।books
२०२८ साल भदौ ५ गते पाठ्यक्रम, पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्र स्थापना भएको थियो । २०५४ सालमा पाठ्यक्रम विकास केन्द्र बनाइएको थियो । केन्द्रले प्राथमिक तहदेखि माध्यमिक तहसम्मका २४ वटा मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ ।

प्राथमिक तहमा केही विद्यालयमा केही मातृभाषाका पाठ्यपुस्तक पठनपाठन भए पनि शिक्षक अभावका कारण माध्यमिक तहमा भने मुस्किलले तीन मातृभाषामा पठनपाठन हुने गरेको छ । केन्द्रले मैथली, भोजपुरी, अवधि, नेवारी, तामाङ, लिम्बू, वान्तवा राईलगायतका मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ ।।