भैरहवा– नेपाल आयल निगम  भैरहवा वितरण केन्द्रका प्रवन्धक चित्तरञ्जन दास बालिका बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार शुक्रबार साँझ भैरहवास्थित देवकोटा चोकमा रहेको वितरण केन्द्रकै कर्मचारी प्रकाण्ड मिश्रको डेरामा बस्न पुगेका उनले सोहि घरमा बस्दै आएकी १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको वताएको छ ।

chitta-ranjan-dashस्रोतका अनुसार कर्मचारी प्रकाण्ड ससुराली गएको भएपनि उनी एक्लै प्रकाण्डको डेरामा बस्न पुगेका थिए । डेरामा पुगेका उनले सोहि घरमा बस्दै आएकी बालिकालाई ललाई फकाई डेरामा बोलाएर जबरजस्ती वलात्कार प्रयास गर्न थालेपछि बालिका चिच्याउँदा छिमेकीले थाहा पाई घटनास्थल पुगेका थिए भने उनीहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी बुद्धिराज गुरुङले प्रवन्धक दास पक्राउ परेको पुष्टि गरे । यद्यपी उनले बालिकामाथि सामान्य हातपात भएको उजुरी प्रहरी समक्ष आइपुगेपछि उनलाई नियन्त्रणमा लिइएको बताए । तर अर्का प्रहरी अधिकारीले भने बलात्कार अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।