बिकाश डांगी
तुलसीपुर,११ बैशाख । सन्त निरंकारी मण्डल नेपाल शाखा दाङ, सल्याण र रोल्पाको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा दङको प्राविधिक सहयोगमा आज शनिवार तुलसीपुुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सन्त निरंकारी मण्डल नेपाल शाखा दाङका संयोजक मुखी क्षेत्र बहादुर डांगीको अध्यक्षता एवं राप्ती अञ्चल अस्पतालका सुपरिटेण्डेन डा. भोलाराम श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बौल्द प्रमुख अतिथी डा.श्रेष्ठले जुन रगत अभावका कारण विरामीहरु मृत्यु मुखमा पुगेका हुन्छन । त्यस्ता विरामीहरुले एउटा मानविय नाताले आफ्नो दूई चार थोपाले रगत दान गर्दा जिवन पाउन सक्छन भने त्यो नै सबै भन्दा ठुलो धर्म हो । रक्तदान गर्नु एउटा ब्यक्तिलाई समेत फाइदा हुने र त्यसको रगतवाट अरुको ज्यान समेत बच्ने भएकोले हरेका ब्यक्तिले रक्तदान गर्नु पर्ने बताउनु भयो ।
रगत नालिमा हौइन, नाडिमा बगाउं भन्ने मुल नाराका साथ आज अप्रेल २४ तारिकाका दिनमा रक्तदान कार्यक्रमको आयोजना गरेको मण्डल दाङ शाखाका संयोजक मुखी क्षेत्र बहादुर डांगीले बताउनु भयो ।
मानिसहरुले हत्या हिंसा गरेर रगत नालिमा होइन, रगतको अभावले छटपटाएका विरामीहरुको नसामा बगाउनु पर्छ भन्दै सन १९८६ देखी निरंकारी वावाले आजको दिनदेखी नै रक्तदानको कार्यक्रम गर्दै आएको भन्दै आजको दिनमा नेपालमा २७ ठाउं भन्दा बढि स्थानमा यस्तो रक्तदान कार्यक्रम रहेको भन्दै नेपालमा मात्र नभई संसार भरि संन्त निरंकारी मण्डलले रक्तदान कार्यक्रम गरेको वताउनु भयो ।
त्यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सभापति नारायण प्रसाद शर्मा, इनोभेटिक पब्लिक ज्ञानज्योतिका प्रिन्सिपल लोकेन्द्र खड्का, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका ब्लड बैक इन्चार्ज दिलिप न्यौपाने, निरंकारी मण्डल इन्डियांका प्रचारक विरवल डांगी, ऋषिराम पुन लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए । दिन बहादुर जिसीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजिकरण राकेश डांगीले गर्नुभएको थियो ।