तुुलसीपुर, ४ भदौ ।
मालिका कालिका यातायात प्रालिले दाङका ग्रामीण भेगबाट पनि  काठमाडौका लागि यातायात संचालन गर्ने भएको छ । आगामी पुस १८ गते देखि काठमाडौका लागि फुट रेष्ट डिलक्स बस सञ्चालनमा ल्याएको प्रालिले यात्रुहरुको मागलाइ मध्य नजर गर्दै रुट विस्तार गर्न लागेकोप्रालीले जनाएको छ । 11
प्रालिले तुलसीपुरमा पत्रकार समेलनगरी भदौ १० गते देखि दाङका विभीन्न स्थानबाट रात्री र तुलसीपुरबाट दिवा सेवा सुचारु गर्न लागेको प्रालिका अध्यक्ष सुमन पोख्रेलले जानकारी दिएका छन् । उनका अनुुसार दाङको फुलवारीको दमारगाउँ, डुरुवाको कोठरी, पश्चिम दाङको हापुरे र देउखुरीको गढवा बाट रात्री बस सेवा सञ्चालन गर्ने प्रालिले जनाएको छ ।12

त्यसैगरी प्रालिले नेपालगञ्ज र रुकुममा पनि यातायात सञ्चालन गर्ने जनाएको छ । ‘हामीहरुले नेपाल  र भारतका विभीन्न स्थानमा गाडिहरु सञ्चालन गर्ने तयारी गरेका छौ, केही दिनमानै सेवा विस्तार गर्नेछौं –पोख्रेलले भने ।’ पत्रकार समेलनमा प्रालिका कोषाध्यक्ष रम्वा वलीले आफुहरुले यातायात सेवालाई थप सुधार र गुणस्तरीय बनाउदै लगेको भन्दै यात्रुहरुको माग बमोजिम अघी बढने बताए । उनले हाल आफुहरुको प्रालिमा ३० बटा डिलक्स वसहरु रहेको बताए ।।