बर्दिया, २ भदौ । 
पछिल्लो समय लाोप हुन लागेको पञ्चेबाजा बर्दियामा लोकप्रिय बन्दै गएको छ । चाडपर्व, मेला–महोत्सव, विवाह तथा शुभकार्यमा प्रयोग बढ्दै गएपछि यो बाजा लोकप्रिय बन्दै गएको हो । नेपालीहरुको मौलिक बाजाको रुपमा रहेको पञ्चेबाजा संरक्षणका लागि स्थानीय स्तरमा जागरण पैदा हुन थालेको छ । बजारमा डिजिटल प्रविधिका आधुनिक बाजाहरु भित्रिएपछि अधिकांश ठाउँहरुमा पञ्चेबाजा लोप हुुँन थालेकको छ । दमाहा, सनाई, नरसिंग, कर्नाल र ढोलक लगायतका बाजाहरुको संयोजन गरि पञ्चेबाजा बजाउने गरिन्छ । यी सबै बाजाहरुको संरक्षण गर्न सकेमात्र पञ्चेबाजा संरक्षण गर्न सकिने जानकारहरु बताउँछन् ।Panchhe-baja
उनीहरु भन्छन् –‘यो बाजा संरक्षणका लागि सरकारीस्तरबाटै पहल थालिनु पर्दछ ।’बर्दियामा पञ्चेबाजा संरक्षणका लागि विशेष पहल थालिएको बताइएको छ । लोप हुन लागेको नेपालीको यो मौलिक संस्कृतिलाई संरक्षण मात्र होइन प्रवद्र्धन पनि गर्न उत्तिकै जरुरी भएको स्थानीय प्रविण नेपालीले बताए । उनले भने –‘पञ्चेबाजा संरक्षण गर्नका लागि सबै जातका मानिसहरुले सिक्न र बजाउनजरुरी छ ।’

पछिल्लो समयमा दमाहा लगाायतका बाजाहरु अन्य जातजातिका मानिसहरुले पनि बजाउन सुरु गरेका छन् ।परम्परागत सोचलाई त्यागेर दमाहा लगायतको पञ्चेबाजा बाहुन, क्षेत्री, दलित, जनजाति सबै समुदायका मानिसहरुले बजाउन आवश्यक रहेको गुलरियाका विकल्प शर्माले बताए ।।