इन्द्रेणी संवाददाता
दाङ ११ वैशाख

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च काण्डरको हैसियतले द्धन्द्धकालमा एमाओवादीका तर्फबाट भएका सम्पूर्ण घटनाको जिम्मेवारी आफूले लिने बताएका छन । क्रान्तिकारी पत्रकार संघ नेपाल दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले द्धन्द्धकालिन सम्पूर्ण घटनाहरु सत्यनिरुपन तथा मेलमिलाप आयोग मार्फत टुङग्याउनु पर्ने धारणा राखे ।

द्धन्द्धकालमा तत्कालिन सरकारले माओवादीका नेता कार्यकर्तालाई सयाँै मुद्धा लगाएको भन्दै उनले माओवादीले आफूलाई न्याय माग्ने ठाउँ नै सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग भएको बताए । ‘सत्य निरुपन तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको काम कशैलाई अप्ठ्यारो पार्ने होइन पूर्वप्रधानमन्त्री समेत रहेका दहालले भने, ‘जघन्य अपराधका मुद्धामा संलग्नलाई कार्बाही गर्नु पर्छ बाँकी सम्पूर्ण मुद्धा सत्य निरुपन तथा मेलमिलाप आयोागबाट टुङ्ग्याउनु पर्छ ।’ अदालतले गरेका केहि निर्णय प्रति आपत्ति जनाउँदै उनले बिस्तृत शान्ति सम्झौता र बाह्रबुँदे समझदारीको बिरुद्धमा कोहि पनि जान नहुने धारणा राखे ।

SAMSUNG CSC
SAMSUNG CSC

सो अबसरमा बोल्दै उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका प्रचण्डले राष्ट्रिय सहमति आजको अनिवार्य आवश्यकता भएको औल्याए । ‘संविधान कार्यन्वयन गर्न, पुर्ननिर्माणको काम छिटो सम्पन्न गर्न र समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक छ उनले थपे, ‘एमालेका नेताहरुसँग कुरा गरिरहेको छु, काङग्रेसका नेताहरुसँग पनि कुरा भइरहेको छ, छिट्टै राष्ट्रिय सहमति हुन्छ ।’ संविधान कार्यन्वयन, आर्थिक विकास लगाएत सम्पूर्ण समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उनको धारणा थियो ।

उनले नेपाललाई आउँदो दशक भित्र समृद्ध मुलुक बनाउन पनि राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखे । हरेक समस्या समाधान सामूहिक रुपले गर्दा देशलाई अगाडि बढाउन सकिने उनले बताए ।

SAMSUNG CSC
SAMSUNG CSC
SAMSUNG CSC
SAMSUNG CSC