binita-regmi

बिनिता रेग्मी

मैले बुझिन कि खै जीवनले मलाई बुझ्न सकेन छुटाउन नसकेर म दोसाँधमा उभिएको छु । हुन त थाक्न नहुने बेला छ, तर पनि कहिलेकाहिँ एकदम एक्लो महसुस हुन्छ । कसलाई भनौं आफ्नो मनको कुरा रु सुनिदिने पो को नै छ र रु भन्नलाई पनि र कहिले त साँच्ची नै दिक्क लाग्छ, जीवनदेखि आफैँलाई ।

‘भगवान किन तिमी यत्ति निष्ठुरी बनेको मेरो भाग्य लेखनमा रु’ यहि कुरा मनमा हरदम आँधीबेरी जस्तै गरिचलिरहेको हुन्छ । हुन त सबैले आफ्नो इच्छा अनुसार कहाँ जीवन चलाउन पाइन्छ । जुन परिस्थिति आउँछ त्यसैलाई आत्मसाथ गर्दै जाने त हो नि, हुन त कसैले आफूले चाहेकोभन्दा धेरैमाथि पुगेर जीवनयापन गरेको देख्छु । अरुको देखेर ईष्या गरेर कहाँ त्यहि जीवनयापन गर्न सकिँदो रहेछ र रु

आफूले भोग्नुपर्ने कुरा त आफैँ नै नभोगी कहाँ हुन्छ र रु कोहि कसैले सान्त्वाना दिँदा मात्र दिउन्जेलको लागि मात्र त हो नि । त्यो पीडा त भोग्नेलाई मात्र थाहा हुनेरहेछ, त्यसको कति असर पर्दो रहेछ भनेर रु सान्तावना दिनेले पनि कहाँ पूरा गरिदिन्छ रु सबैले आफ्नो कथा अनि व्यथा आफूसँगै राखेर घुमेका हुन्छन् । फरक कसैले त्यो व्यथा बाहिर पोख्छन् भने कसैले मनमा नै गुम्साएको हुन्छन् ।

मन मिल्ने साथी भयो भने त्यो व्यथा पोख्दा मन हलुको महसुस चाहिँ अवश्य हुन्छ । फेरी साथी चिन्न सकिएन् भने झनै गाह्रो पो हुन्छ । कोहि साथी त्यही व्यथाबाट नै फाइदा लिन खोज्ने पनि हुन्छन् तर किन हो कुन्नि आफूमाथि अरु कसैले फाइदा लिन खोजेको चाहिँ पटक्कै सहन सकिन्न ।

पटक्कै नबोलु त्यस्ता साथीसँग भने पनि सहज हुँदैन् बोल्नुपर्ने बाध्यता पनि पर्छ । जीवन कोहि साथी अनायस समिप भइदिन्छ । उसको सामिप्याताले मन मात्र नभइ वरपर वातावरण नै रमाइलो महसुस हुन्छ । थाहा छ, त्यो मान्छे आफ्नो हुन सक्दैन् । मनले आफ्नो भने पनि बाहिरि आफ्नो हुन सक्दैन् । दुवैले मर्यादा नाघ्न सकिदैँन् भन्ने थाहा भएपनि उसैको सामिप्यता यत्ति धेरै रमाइलो लाग्छ किन रु सायद धेरै नै एक्लोपनले गर्दा पनि हुनसक्छ, घाउमा मलमको काम गरेको घाउ बल्झाई रहन मन लाग्छ । नङले कोट्याउन मन हुन्छ किनकि बल्झेको घाउमा मलम लगाइदिने पाएर होला सायद घाउ पनि मनपर्छ । त्यो मलम पनि मनपर्छ किन रु

त्यसको उत्तर मसँग पनि छैन् सुख दुख नै जीवन हो भन्ने थाहा छ । जीवनलाई बुझ्न र यापन गर्न निकै कठिन लाग्छ । मलाई र आफ्नो आँखा अगाडि थुप्रै चुनौतीहरु सामना गर्नुपर्ने छ, गर्ने साहस नबटुलेको कहाँ हो र रु तर, पनि यसै गन्तव्य बिनाको मानिस झैँ भइन्छ कोहि बेला । मनमा आउँछ अनेकौं प्रश्नहरु जसमध्ये एउटा प्रश्न सधैँ सबैभन्दा अगाडि आउँछ । ‘के यसरी नै चल्न सक्छ यो जीवन रु’

यसका अनगिन्ति उत्तर पाउँछु तर सहि उत्तर अहिलेसम्म छुट्याउन भने सकिन । जति पटक यो प्रश्नको उत्तर दिन आलटाल गर्छु झन् पहिलो प्रश्न यहि नै बनेर आउँछ रु उत्तर दिन नसकेको पनि होइन तर मात्र पर्फेक्ट उत्तर चाहिँ यो प्रश्नले नभेटेको हो कि भन्ने लाग्छ र धेरै अभावहरुसँग जुधेर यहाँसम्म आएको हुँ, थाहा छ अझ धेरै जुध्न बाँकी छ भन्ने पनि ।

तर, किन आज मनले ‘जीवन के हो रु’ भन्ने प्रश्नमा मात्र अड्नि पुगेको होला रु आफुसँग आत्मविश्वासको कमि भएको मान्छे पनि म होइन त्यो मलाई राम्रोसँग थाहा छ र विश्राम लिनु भनेको जीवनसँग हार मानेर आत्मसमर्पण गर्नु हो जुन म आफूसँग एक मुठी शास छउन्जेलसम्म पनि गर्न सक्दिन् कदापी । जीवनलाई यस्तो बनाउन चाहन्छु, खासै कुनै त्यस्तो ठूलो अभिलाषा पनि कहिले राखेको पाइन् । तर, आजको जस्तो भोग्छु भन्ने सोच त झनै पटक्कै थिएन मेरो । कहाँ के गल्ति भयो मेरो त्यो गल्ति औंल्याउन मात्र खोजेको हो । जसले गर्दा आज यो प्रश्नले घेरिएको जीवन बिताउन म बाध्य भएको छु । कसैको सामिप्याताले बढ़ाइदिएको पो हो कि यो खुल्दुली । अर्को प्रश्न पो थपिए झैँ भयो जीवनमा । थाहा पनि छैन जीवनमा उसको सामिप्याताले कहाँसम्म साथ दिन्छ । मनले जीनभरि नै साथ मागेको हुन्छ । तर उसलाई पनि परिबन्धले घेर्न नसक्ला कसरी भन्न सक्छु र रु आज उसको साथले जिउने नयाँ आधार बनाएको भोलि त्यहि आधार डगमगाएको अवस्थामा जीवन झन् कहाँ पो पुग्ला सम्झदा पनि । कहाली लाग्छ, ‘भो सम्झन्न यो पाटा झन् अनायास नै मन पो दुख्छ’ हुन त नसम्झी कहाँ सुख पाउन सकिन्छ र रु आजको यो मिठो र न्यानो साथले थोरै भएपनि खुसीको केहि अंश ल्याए झैँ भएको छ । यसरि नै उसको साथ रहेमा जीवन सजिलै जिउन नसक्ला कहाँ भन्न सकिन्छ । तर एउटा डर भने मनमा सधैँ रहन्छ । मसँगको सामिप्याताले अरु कसैसँगको जीवन भताभुङ्ग पो हुन्छ कि भन्ने । हुन त यो स्वार्थी जीवनमा सबैभन्दा पहिले आफ्नो खुसी अगाडी आउने रहेछ । त्यसपछि मात्र बाँकी अरुको । आफू चाहिँ यो कसरी बाँच्ने भन्ने होडमा किन फेरी सधैँ आफूलाई पछाडी पाउँछु रु साहस बटुलेर अगाडि नबढेको कहाँ थिए रु हिँड्दा हिँड्दै गरेको पाइलामा कसैले काँढा बिच्याइ दिएकाले गर्दा पो आज यो ठाउँमा उभिएको पाए र काँढा पन्छ्याएर अगाडि बढ्न खोज्दै गरेको अवस्था हो यो ।

जुन आज कसैले बाटोमा मलमलको बिछ्यौना राखीदिए झैँ आभाष भएको छ । त्यो बिछ्यौना मलमलको हो या दलदलको छुट्याउने अभिभारा पनि आफूमा नै आएको छ । मलमलमा टेकेर जीवन अगाडी बढ्छ कि दलदलमा झन् भाँसिदै जान्छ छुट्याउन सकेको छैन् । आफू त सधैँ मलमलमा टेक्ने आभिलाषा राखेको हुन्छु थाहा नै हुँदैन कतिखेर दलदल पो बनिसकेको हुन्छ ।

हुन त पहिले नै पनि मलमलमा टेकेको आभाष नभएको कहाँ हो र रु जीवन धेरै हिलोमा गडिसकेपछि मात्र पो थाहा भयो दलदल रहेछ भनेर । जीवनमा मलमलकोभन्दा राम्रो उत्तर मसँग अब दलदलको छ । जुन दलदल मैले आफैँ स्वयम् भोगिसके, केहि परिस्थितिले भोग्यो जुन आज केहि भोग्दै पनि छु ।

जीवनमा आएको निखारपन पनि सायद त्यहि दलदल को उपज हुनुपर्छ । लाग्थ्यो जीवनमा दलदलमा यत्ति फसेको छु सायद निस्कन पो सक्छु कि नाइ रु तर जीवनमा सबैभन्दा ठूलो औषधीको काम समयले गर्यो । जुन आज म त्यो पहिलाको समय र आजको समय तुलना गर्न चाहन्छु । ठूलोभन्दा ठूलो घाउ पनि समयले नै निको बनाउने रहेछ । आत्मविश्वासको त्यो अस्पतालमा समय नामको औषधी सेवन गर्नाले घाउ भरिन कहाँ समय लाग्ने रहछ ।
आज जीवनलाई यतिसम्म भोग्दै अगाडी बढिरहेको छु । पुरै जीवन निराशमा बिताउने मलाई पटक्कै मन छैन । के म आफ्नो जीवनमा केहि पाटो हाँसो लिएर जिउने चाहना छैन होला रु के मलाई खुशी हुने केहि अधिकार छैन र रु म जीवनसँग यही प्रश्न गर्न चाहन्छु ।

अहिलेसम्मको रोदन जीवनबाट केहि अंश मात्र भएपनि खुशी साथ बाँच्न चाहेको मात्र हो । जीवनमा यत्ति धेरै अनगिन्ति परिक्षाहरु दिनुपर्ने कुरा कहाँ पहिले नै थाहा हुँदो रहेछ र रु जीवनयापनको क्रममा पो आउने रहेछ हाँसो, खुसी, सुख–दुख अनि शान्ति जीवनका अंगहरु रहेछन् । जुन कहिले पनि छुट्टिदैँन् आत्मसन्तुष्टी जीवन जिउने सबैभन्दा उत्तम उपाय हो, तर सजिलै कहाँ हुदोरहेछ र रु

आत्मसन्तुष्टी पाउन जीवनका ति अंगबाट अगल हुनुपर्छ तर अगल कहाँ हुन सकिँदोरहेछ र रु नङ र मासु जस्तै टाँसिएको हुनेरहेछ । सँच्ची नै मलाई खुशी भएर जीवन जिउन एकदम नै इच्छा जागेको छ । केहि समय अगाडी मात्र पनि मलाई कुनै रहर उमङ्ग जागेको थिएन । तर, आज लाग्छ कहिँ जीवन जिउने समय छोटो त हुँदैन भने र । सबै पिडा भुलाएर उसैको साथमा धेरै जीवन जिउने चाहना बढेर आएको छ । तर किन यो पनि मलाई थाहा छैन । भनिन्छ नि जोसंँग जुन चिज हुँदैन त्ससैको चाहना धेरै हुन्छ भनेर, त्यहि मेरो जीवनमा पनि भएको त होइन भन्ने पनि लाग्छ कहिलेकाँहि ।

भगवान, के तिमी मेरो पुरै जीवन आँशु र निराशाले मात्र भरिदिएको छौ र रु मन्दिर अगाडि सधैँ यही प्रश्न आउँछ । उत्तर भने अहिले पाउँदैछु पक्कै पनि केहि दया ममाथि जागेकै हुनुपर्छ । उसलाई मेरो नजिक ल्याइदिएको छौ । भगवान तिमीलाई पनि कतै मसँग लुकामारी खेल्ने इच्छा त लागेर खेलेको त होइनौं नि रु यो प्रश्न पनि नउठेको कहाँ हो र रु मात्र उत्तर नभेटेको हो । सायद उत्तर पाउने बेलासम्म म धेरै अगाडि बढी सक्छु होला । फर्कन सायद गाह्रो पो भैसक्छ कि रु प्रार्थना एउटा गरेको छु उसँगको मेरो साथ कहिले नछुटाईदेउ । अब पनि त्यो साथ भएन भने जीवन जिउन धेरै कठिन हुन्छ । जीवनमा परिक्षा धेरै दिए सबैमा मध्यमस्तरले मात्र पास भएको पाएँ । तर, उसँगको साथमा भने अब्बल नम्बर ल्याएर पास हुन चाहन्छु, अहिलेसम्मको जीवनमा भोगेको सबै पिडा भुलेर नयाँ जीवन शुरु गर्न चाहन्छु ।