जाजरकोट , २९ साउन
जाजरकोटको मोर्क खोलामा पुल निर्माण कार्य अलपत्र परेको छ । जाजरकोट–जुम्ला सडक अन्तर्गत छेडा–कचाली खण्डको मोर्क खोलामा पुल निर्माण कार्य सुरु भएको पाँच बर्ष बितेपनि गति लिन सकेको छैन । पुल नबन्दा गाडी चलाउन समस्या भएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण पुलको निर्माण अलपत्र परेको स्थानीयको गुनासो छ । निर्माण थालिएको ५ बर्ष बित्दा पनि जग मात्र ठडाउने काम भएको छ ।
१५ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६९ मा ठेक्का सम्झौता भएको पुल निर्माण गर्ने जिम्मा सर्वउद्धार फ्रेन्डस जेभी कोटेश्वर काठमाडौंले लिएको छ ।
जिल्लाको पश्चिम सीमा, जुँगाथापाचौर, साल्मा, दशेरा, मजकोट, दह, गर्खाकोट, पजारु, झाप्रा, टालेगाउँ, पैक लगायत १५ गाविस, जुम्ला तथा उत्तरी बारेकोटका बासिन्दालाई समस्या भएको छ ।।











