दाङ, २९ साउन ।
दाङमा लेनोभो मोवाइलका नयाँ सेटहरु भित्रिएका छन । लेनोभो मोवाइल राप्ती अञ्चलको आधिकारिक बिक्रेता देउकी मोवाइल एशोसिएशन सप्लायर्सले आज घोराहीमा पत्रकार सम्मेलन गरी लेनोभो मोवाइलका सेटहरुवारे जानकारी गराइएको हो ।

लेनोभो मोवाइलको राप्तीको आधिकारिक बिक्रेता देउकी मोवाइल एशोसिएशन सप्लायर्सका दीपक पाण्डेको अध्यक्ष एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव शुशिल प्रकाश आचार्यको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महाँसंघ दाङका सहसचिव डिल्ली मल्लको विशिष्ट आतिथ्यतामा पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
सो अवसरमा पाण्डेले यसवारे जानकारी गराउनुभएको थियो । यसैवीच, राप्तीमा लेनोभो मोवाइलको वजार राम्रो वन्दै गएको छ ।।











