श्रावण २३ रोल्पा ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) रोल्पाले आफ्नो १७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । फोनिज रोल्पा शाखाले श्रावण २७ गते ब्यवस्थांपिका संसदका सभाम’ख ओनसरी घर्तिमगरको प्रमुख आतिथ्यतामा दिवस मनाउने भएको हो ।
यहि साउन २७ गते परेको स्थापना दिवसको अवसरमा बिहान प्रभात फेरी सहित श’भकामना आदन प्रदान गर्ने कार्यक्रम रहेको फोनिज रोल्पाका अध्यक्ष अमरजित प’नमगरले बताउन’ भयो . फोनिजका संगठन सचिव मनोज घर्तीमगरको बिषेश आतिथ्यतामा ह’ने कार्यक्रममा जिल्लाका विभिन्न सरोकारवाला निकायको उपस्थीति रहने पुनले बताउनुभयो ।
लिबाङको लोकतान्त्रिक चोकबाट प्रभातफेरि गरि जिबिसको नयाँँ हलमा स्थापना दिवस कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको छ । आज लिबांङ बसेको कार्यसमिति बैठकले स्थापना दिवस जिल्लामा सफल पार्नका लागि बिभिन्न तयारी र कार्यक्रम गर्ने निर्णय गरेको छ । लोकतान्त्रिक चोकबाट बिहान ७ बजे प्रभातफेरि गरि ८ बजेदेखि हलको कार्यक्रम गर्ने निर्णय गरेको हो ।।











