काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ। बिहीबारका लागि तय गरिएको मतदान आज हुन लागेको हो।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने मतगणनाका लागि महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजे नै निर्वाचन क्षेत्रमा उपस्थित हुन भनिएको छ।

बिहान ७ बजेबाट सुरु हुने मतदान दिउँसो ३ बजेसम्म हुनेछ। मतदान सकिएलगत्तै मतगणना सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ।

शुक्रबार साँझ ५ बजेसम्म मतदानको सबै प्रक्रिया पूरा हुने दाबी गरिएको छ। विभिन्न पदका लागि ८५० जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।