गोरखा । आज विहान आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकामा बाढीले चार घर र एउटा पुल बगाएको छ ।
बाढीले चुमनुब्री ४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीले सोही ठाउँको झोलुङ्गे पुल पनि बगाएको छ। बाढीबाट मानवीय क्षति भने नभएको बताइएको छ ।











