दाङ । दाङमा प्रहरीले एक जनालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । कपिलबस्तु शिवराज नगरपालिका ५ पर्चिया बस्ने वर्ष ४२ का साकिर खानलाई दाङको भालुबाङबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

शंकास्पद रुपमा हिडिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीको साथबाट ६ ग्राम ७७० मिलि ग्राम ब्राउन सुगर पनि प्रहरीले बरामद गरेको छ ।