दाङ । दाङको लमहीमा पार्किङ गरेर राखेको ट्रकमा मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालकको ज्यान गएको छ । लमहीको रातोडाँडास्थित पूर्व-पश्चिम राजमार्गमा पार्किङ गरेर राखेको ना ५ ख ९३३६ नम्बरको ट्रकमा पडाडिबाट ठोकिंदा मोटरसाइकल चालक लमही नगरपालिका ७ हस्नापुर बस्ने ३८ वर्षका जिवन गिरीको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पतालमा लगिएको र सोही क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चालक गिरीले चलाएको लु १२ प ९८४० नम्बरको मोटरसाइकल पछाडि सवार सोही ठाउँ वस्ने ३२ वर्षका धनिराम चौधरी भने घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमबहादुर के.सीले जानकारी दिएका छन् ।
उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचार भइरहेको छ । उक्त मोटरसाइकल आज मंगलवार विहान अन्दाजी पौने ५ बजेतिर पार्किङ गरेर राखेको ट्रकमा ठोकिएको थियो ।











