काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा सांसद उठाएको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

“तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन”, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ, शाहले भने ।

प्रधानमन्त्री शाहले सीमाको यथार्थ अवस्था पत्ता लगाउन दुवै देशले संयुक्त अध्ययन गरेर सीमा क्षेत्रमा देखिएका समस्यालाई एक मित्रराष्ट्रको हैसियतमा बसेर छलफलमार्फत टुङ्ग्याउने बताए । शाहले प्रधानमन्त्री भएपछि पहिलो पटक सांसदमा प्रश्नको जवाफ दिएका हुन् ।