काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले छानविन प्रतिवेदनमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव अधिकारको उल्लंघन गरेकाले कारवाही गर्न सिफारिस गरेको छ ।

आयोगले छानविन प्रतिवेदन सार्वजनिक गर्दै उनीहरुले कानुन बमोजिम पूरा गर्नुपर्ने दायित्व पूरा नगरी उदासीन बसेका कारण मानव अधिकारको उल्लंघन भएको जिकिर गरेको छ।

मानव अधिकार उल्लंघनको विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानुनमा नदेखिँदा नयाँ कानुन निर्माण गरेर कारबाही गर्न आयोगले सुझाव दिएको छ । आयोगले आयोगकी आयुक्त लिली थापा नेतृत्वको छानबिन समिति बनाएको थियो ।