काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बुधबार तीन पटक बसेर स्थगित भएको बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने कार्यसूची रहेको छ भने त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची रहेको छ।

सोमवार पनि प्रधानमन्त्री वालेन्द्र शाहले उठेका प्रश्नको जवाफ दिने कार्यसूची भएपनि बैठक बस्नुभन्दा केही समय अगाडि परिर्वन गरेर प्रम शाहले संसदमा सम्बोधन नगर्ने बरु उनको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको थियो । बैठकमा प्रम शाह उपस्थिति नभएपछि विपक्ष दलका सांसदहरुले सांसद अवरोध गरेका थिए ।

संसदप्रति प्रधानमन्त्री वालेन्द्र शाह जिम्मेवार बन्न नचाहेपछि प्रतिनिधिसभा बैठक नै प्रभावित भएको छ। नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने दिनसमेत प्रधानमन्त्री शाह संसद्‌ बैठकमा उपस्थित नहुँदा विपक्षीहरूले नाराबाजी गरे। उनले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम बाचन गरिरहँदा बैठक छाडेर हिँडेका थिए।