काठमाडौं । संघीय संसद्को पहिलो अधिवेशन आज शुरु हुँदैछ। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक दिउँसो २ बजेका लागि आह्वान गरेका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकको शुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन्। त्यसपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ।











