g]sfF kf6L{sf] s]G›Lo sfo{;ldltsf] a}7s g]kfnL sfFu|]; kf6L{ s]G›Lo sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] kf6L{sf] s]G›Lo sfo{;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १९ गते बिहीबार सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा २०८२ चैत १९ गते बिहीबारका दिन दिउँसो २ बजे सङ्घीय संसद् भवन सिंहदरबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको उल्लेख छ ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।