काठमाडौँ । प्रहरीले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राति करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले बताए । उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।











