
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा लगाएको कर्फ्यूलाई अहिले बिहान साढे ८ बजेसम्म खुकुलो पारेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अत्यावश्यक कामका लागि आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म दुई घण्टा कर्फ्यू केही खुकुलो पारिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिएका छन् । साढे ८ बजेपछि भने फेरि अर्को आदेश नआउँदासम्म पुनः कर्फ्यू जारी रहने सूचनामा उल्लेख छ ।
शनिवार हिन्दु र मुस्लिम समुदायबीच विवाद हुदा स्थिति जटिल भएपछि कर्फ्यू गरिएको थियो । विवादका कारण सवारी साधनमा आगजनी, अन्य सम्पत्तीमा आगजनी गर्ने काम भएको थियो ।











