काठमाडौं । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल भएको छ । बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली भू-भागमा साधरणतया तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू-भागको एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।











