काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले डिजेल, मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन रूपैयाँ बढेको हो । हवाई इन्धनको मूल्य निगमले घटाएको छ ।

हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटेको छ । अब डिजेल र मट्टीतेलको मूल्य चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर १३६ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १३८ रूपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा डिजेल–मट्टीतेलको प्रतिलिटर १३९ रूपैयाँ पर्नेछ । हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १२८ रूपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर काठमाण्डौमा अमेरिकी डलर ९६६, पोखरामा ७४५ र भैरहवामा ७३३ तोकिएको छ ।