काठमाडौं । नेकपा एमालेले पार्टीबाट निष्कासित गरेपछि गुमनाममा बसेका भिम रावल नेपाली कम्युनिष्ट पार्टीमा मिसिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहयंयोजक माधन कुमार नेपालले नेपाली कम्युनिष्ट पार्टी मिसिएका रावललाई राष्ट्रिय सभागृहमा स्वागत गरेका हुन् । आज नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुदै नेता रावलले विगतको एकीकरण, विभाजन र त्यसको तिक्त अनुभवको स्मरण गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति सदा झैं आक्रामक भएका रावलले नेकपाको पहिलेको एकता नटिक्नुमा ओलीको सत्तालिप्सा मुख्य कारण भएको आरोप लगाउदै गद्दार समेत भने ।

नेकपा एमालेको चिवतको सौराहा सम्पन्न महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध अध्यक्ष पदमा उम्मेदवारी दिएर नेता रावल चुनाव लडेका थिए । तर उनले चुनावमा नराम्रोसँग हार वेहोरेका थिए । त्यसपछि रावललाई एमालेले पार्टीबाट कारवाही गरेको थियो ।