काठमाडौँ । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ ।
सगरमाथा आधार शिविर नजिकै लोबुचेमा आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले बताएका छन् ।
हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनी सकुशल रहेको बताइएको छ । हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो । घटनाको थप विवरण आउन बाँकी नै छ ।











