कुसुम बि.क. / बर्दिया 

समुदायलार्ई न्यायमा सहज पहुँच तथा समुदाय स्तरमा हुने विभिन्न किसिमका विवाद स्थानीय स्तरमै समाधान गर्नका लागि सामुदायिक मेलमिलाप कर्ताको क्षमता अभिबृद्धिका लागि आज देखि सुरु भएको छ बर्दिया गुलरियाको होटेल न्यू मिररमा सुरु भएको यो तालिम ४ दिन सम्म संंचालन हुने जानकारी साझेदारी विकास परियोजना अन्र्तगत सामुदायिक मेलमिलाप कार्यक्रम जिल्ला सयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी गराउनु भयो ।

गुलरिया-बर्दियाउक्त सामुदायिक मेलमिलाप कार्यक्रम USAID को सहयोगमा साझेदारी विकास परियोजनाको सयुंंक्त साझेदारीमा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) बदियाको आयोजनामा राजापुर नगरपालिका अन्र्तगतकोे सामुदायिक मेलमिलापकेन्द्र खैरीचन्दनपुरका २७ जना मेलमिलापकर्ताहरु सहभागिता रहेको छ ।

तालिममा प्रशिक्षकको रुपमा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र बर्दियाका जिल्ला संयोजक गोबिन्द प्रसाद लामिछाने, जिल्ला प्रशिक्षक दिना थापा र प्रेमलाल थारुले सहजिकरण गर्नु भएको छ । सामुदायिक मेलमिलाप केन्द्र खैरीचन्दनपुरका संयोजक मायाँ चौधरीका अनुसार बिभिन्न निकायमा गई समाधान हुन नसकेका विवादहरु समेत गरी मेलमिलापकेन्द्र मार्फत विवादहरुको सहज सहजिकरण गरिएको जसबाट समुदायका ब्यक्तिमा रहेका असमझदारी, आपसी मनमुटाव र द्धन्द न्ययुनिकरण भई ब्यक्तिहरुको समबन्धमा सुधार आई सामाजिक सदभाव तथा शान्ति र दिगो विकासमा मेलमिलाप कार्यक्रमले अहम भुमिका खेलेको छ । साथै यो एउटा जिवन उपयोगिहुनुका साथै अति महत्वपुर्ण रहेको र जसले समुदायलाई न्यायमा पुहँच पु¥याउन तथा साना तिना विवादहरु मेलमिलापकेन्द्र मार्फतबाटै समाधान गरि राज्यलाई समेत न्यायिक क्षेत्रमा कार्यबोझ कम हुन मदत हुनेकुरा जानकारी गराएका छन् ।