इन्द्रेणी संवाददता
दाङ । हिन्दु महिलाहरूको पर्व हरितालिका तीज आज मनाइएको छ । हिजो दर खाएर वर्त बसेका महिलाहरूले विहान मन्दिरमा पूजाआजा गरेर गर्दै तीज मनाएका छन् ।
जिल्लाको घोराहीस्थित अम्बिकेश्वरी मन्दिरमा पनि वर्तालु महिलाको भिड देखिन्थ्यो । यो पर्वमा विवाहित महिलाहरू आफ्नो श्रीमानको दीर्घायूका लागि वर्त बस्ने गर्दैछन् भने अविवाहित महिलाहरू शिवजस्तै पती (श्रीमान) पाउँ भनेर वर्त बस्ने गरेको मान्यता छ ।
तस्बिर- पूजाआजाका लागि दाङको अम्बिकेश्वरी मन्दिरमा पुगेका महिलाहरू ।






तस्बिर : इन्द्रेणी अनलाइन











