तेह्रथुम । तेह्रथुममा बलेरो दुर्घट्ना हुँदा नौ जना घाइते भएका छन् । इटहरीबाट म्याङलुङ हुँदै पाँचथरको फिदिम आउँदै गरेको मे १ ज २५५२ नम्बरको बलेरो आठराई गाउँपालिका –६ मंसारीमा दुर्घटना भएको हो ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । उनीहरुलाई झापातर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले बताए । बाँकी चार जनाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको नाम खुल्न बाँकी छ ।