पर्वत । पर्वतको मादी गाउँपालिका ३, देउरालीको लाङ्‌दीमा पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ ।

पहिरोमा परी मोदी ३ का ७६ वर्षीया छविलाल विक र उनकी श्रीमती ७६ वर्षीया विष्णुमाया विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताए ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण घर‌माथिबाट गएको पहिरोमा पुरिएर विक दम्पती बेपत्ता भएका थिए । बेपत्ताको स्थानीयवासी र प्रहरीले खोजी गर्दा पुरिएको अवस्थामा शव भेटिएको हो ।