इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले पाटे बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ राजपुर १ गुरुङखोला बस्ने ५३ वर्षका केशव राज सेन ठकुरी, गढवा ६ खवरी बस्ने ४१ वर्षका विक्रम बुढा मगर र वर्दिया बारवर्दिया ४ पदनाह बस्ने ३३ वर्षका अतिल थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुलाई गोप्पे सूचनाका आधारमा दाङको लमही नगरपालिका ओखेटोपहारमा अबैध कारोवार भइरहेको सूचना पाएपछि लमहीबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

असार २२ गते राति २ बजेतिर विक्रम बुढाका घरमा लुकाइ राखिएको अवस्थामा ९ फिट २ इन्च लामो ३ फिट २ इन्च चौडाइ भएको पाटे बाघको छाला बराबद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।