मकवानपुर । मकवानपुरको थाहा नगरपालिका १ स्थित कुन्छालमा छिमेकी देवर नाता पर्ने विमलमान गोपालीले भाउजू तुलमाया गोपालीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
बिहीबार दिउँसो १४ः२० बजेको समयमा ५० वर्षीया तुलमायालाई छिमेकी देवर ३५ का विमलमानले धारिलो हतियार प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतक महिलाको टाउको र जिउ छुट्टिएको छ ।
प्रहरी हत्यामा संलग्न विमलमानलाई खोजतलास गर्ने क्रममा दिउँसो १५ः३५ बजेको समयमा थाहा नगरपालिका ३ थाना बजारबाट प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पालुङमा ल्याई राखिएको छ ।











